यो निर्वाचनलाई राष्ट्रपति मोहम्मद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको परीक्षाका रूपमा हेरिएको छ।
मालदिभ्समा आमनिर्वाचनअन्तर्गत आइतबार मतदान भइरहेको छ।
९३ सदस्यीय पिपुल्स मजलिस अर्थात् संसद्को निर्वाचनमा करिब तीन लाखले मतदान गर्ने अपेक्षा गरिएको छ। यो निर्वाचनलाई राष्ट्रपति मोहम्मद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको परीक्षाका रूपमा हेरिएको छ।
गत वर्ष राष्ट्रपतिको चुनावताका मुइज्जुले भारत विरोधी अभियान चलाएका थिए। अहिले पनि उनको दल पिपुल्स नेसनल कंग्रेस (पीएनसी)ले यही नारा लगाएको छ। तर हाल संसद्मा राष्ट्रपतिको मुइज्जुको बहुमत छैन। बहुमत नहुँदा उनले कानून निर्माण अप्ठ्यारो भोगिरहेका छन्। हाल मजलिसमा विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी ४१ सिटसहित ठूलो दल हो।
यो निर्वाचनमा मालदिभ्सका दुई लाख ८५ हजार मतदाताले मतदान गर्दैछन्। सोमबारसम्म परिणाम आइसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
स–साना टापु मिलेर बनेको देश हो, मालदिभ्स। मूलतः मालदिभ्स दक्षिण एशियाको सबैभन्दा महँगो गन्तव्यका रूपमा चिनिन्छ। ४५ वर्षीय मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपति निर्वाचित भएयता निरन्तर चीन समर्थक भएर प्रस्तुत भइरहेका छन्। जनवरीमा उनले बेइजिङको भ्रमण गरेका थिए ।
मालदिभ्सको इतिहासमा नै उनी त्यस्ता राष्ट्रपति बने, जसले राष्ट्रपति बनेपछि भारतभन्दा पहिले बेइजिङ भ्रमण गरेर चीनसँगका सम्झौतालाई अघि बढाए। उनको यो कदमको प्रभाव जनतामा कस्तो रहनेछ भनेर यस निर्वाचनले परीक्षण गर्नेछ।
यस पटकको निर्वाचनमा भारतले मुइज्जुविरुद्ध माल्दिभियन डेमोक्रेटिक पार्टीप्रति सद्भाव राखेको छ। मुइज्जुले भारतीय सेना फिर्ता पठाउने घोषणा गरेका कारण पनि भारत मुइज्जुप्रति रुष्ट छ।
यो निर्वाचनमा एउटै दलले बहुमत हासिल गर्ने सम्भावना भने नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
