ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ– हिमपहिरोले गोरखाको चुमनुब्री गाउँपालिका–१ मा हिमपहिरो गएर वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।
आइतबार बिहान तालमा ठूलो हिमपहिरो झरेको स्थानीयले बताएका छन्। ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
“बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपिल गर्दछौँ,” गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।
घटनाबारे बुझ्न सामागाउँ चौकी गोरखाबाट प्रहरी त्यसतर्फ गएको प्रवक्ता भट्टराईले जानकारी दिए।
वीरेन्द्र तालमा आइतबार बिहान पौने नौ बजे हिमपहिरो गएको हो। तालको ओभरफ्लोको पानीले सामागाउँबाट साम्दो जाने बाटोको काठेपुल बगाएको छ।
पुल बगाएपछि साम्दो हुँदै लार्केपास गर्न जाने पर्यटक सामागाउँमै रोकिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
