दक्षिणी गाजा शहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा ९ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ।
दक्षिणी गाजा शहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा ९ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन्।
गाजाका २३ लाख जनसंख्याका आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजरायलले दैनिकजसो आक्रमण गरेको छ। अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आग्रह गरे पनि इजरायलले इजिप्टको सीमामा रहेको रफाहमा स्थलगत कारबाही बिस्तार गर्ने अडान यथावत् राखेको छ।
कुवैती अस्पतालका अनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूका तीन वर्षीय बालकको मृत्यु भएको थियो। अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल भएको बताएको छ।
अस्पतालको रेकर्डअनुसार दोस्रो आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको थियो। अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा ६ बालबालिकासहित नौ जना मारिएका थिए।
स्थानीय स्वास्थ्य अधिकारीका अनुसार इजरायल–हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजाका दुई सबैभन्दा ठूला शहर ध्वस्त भएका छन् भने सम्पूर्ण क्षेत्रमा विनाश भएको छ।
करिब ८० प्रतिशत जनसंख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन्। विशेषज्ञले ती क्षेत्र भोकमरीको संघारमा रहेको बताएका छन्।
सातौँ महिनामा चलिरहेको युद्धले क्षेत्रीय अशान्ति फैलाएको छ। यसबाट इजरायल र अमेरिका सम्पूर्ण मध्यपूर्वमा इरान र सम्बद्ध लडाकु समूहहरूविरुद्ध खडा भएका छन्। यसै महिनाको प्रारम्भमा इजरायल र इरानबीच प्रत्यक्ष गोलीबारी हुँदा लामो समयदेखिको उनीहरूको शत्रुताले युद्धको त्रास बढाएको छ।
इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पनि तनाव बढेको छ। इजरायली सेनाका अनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैंक शहर हेब्रोन नजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको बताएको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्ध शुरू भएपछि वेस्ट बैंकमा इजरायली सैनिक र बसोबास गर्नेहरूबाट कम्तीमा ४६९ प्यालेस्टिनी मारिएका छन्। अधिकांश मानिस इजरायली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
