कोभिड–१९ को समयमा निर्माण कार्य स्थगित गर्नुपरेकाले सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए।
तनहुँ– मुस्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ। २०८१ वैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ।
कोभिड–१९ को समयमा निर्माण कार्य स्थगित गर्नुपरेकाले सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए।
विसं २०७८ वैशाखदेखि निर्माण शुरू गरिएको थियो। कोरोनाका कारण काम गर्न नपाएका योजनाको म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरूप म्याद थप्न लागेको उनले बताए। उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमी दुई लेन सडक कालोपत्र भएको छ। उनका अनुसार हालसम्म पूर्वी खण्डमा ५६ प्रतिशत कार्य प्रगति भएको छ।
पूर्वी खण्डको अन्तिम विन्दु तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र अघि बढाइएको छ। अहिले कालोपत्र कार्यलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने काम भइरहेको आयोजनाले जनाएको छ।
आयोजना पूरै सम्पन्न गर्न एक वर्ष अवधि थप गर्नुपर्ने आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए। उनका अनुसार नेपाल सरकार, लगानीकर्ता र कन्ट्र्याक्टबीच त्रिपक्षीय छलफल भइरहेको छ।
पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी रहेको छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको थियो। उक्त खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो।
त्यसैगरी पश्चिम खण्डमा दुई लेनको ७.५ किमी सडक कालोपत्र भइसकेको छ। वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई तीव्रता दिइएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार उक्त खण्डमा भौतिक प्रगति २० प्रतिशत पुगेको छ।
पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी रहेको छ। उक्त खण्डको ठेक्का चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले पाएको थियो।
यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। विसं २०७८ भदौबाट काम शुरू भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
