आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर खरिदबिक्री हुँदा दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– नयाँ वर्षको शुरूआतदेखि ओह्रालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आइतबार सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १२.२९ अंकले बढेर नेप्से परिसूचक १९८४.४३ को विन्दुमा उक्लिएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अंकले बढेर ३५०.७५ को अंकमा पुगेको छ। कारोबार भएका कुल १३ वटै उपसमूहमध्ये वाणिज्य बैंक र म्युचुअल फन्डबाहेक सबैमा सुधार देखिएको छ। उत्पादन तथा प्रशोधन उपसमूहको १.९० र जलविद्युत् उपसमूह १.१५ प्रतिशतको बढेको छ।
आइतबार १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्यमा परिवर्तन नभएको नेप्सेले जनाएको छ। आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर खरिदबिक्री हुँदा दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
दोल्ती पावर ९.८८, एनआईसी एशिया लघुवित्त ८.४७, रुरु जलविद्युत् ८.१८, माथिल्लो हेवाखोला हाइड्रोपावर ७.२५, सर्वोत्तम सिमेन्ट कम्पनीको ६.५४ प्रतिशतले शेयरमूल्य बढेको छ।
नेप्सेका अनुसार आइतबार गोर्खाज फाइनान्सको सर्वाधिक शेयर कारोबार भयो। उक्त कम्पनीको १० करोड २१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो। यस्तै, सर्वोत्तम सिमेन्टको सात करोड ८८ लाख, पिपुल्स पावर सात करोड १९ लाख, रुरु जलविद्युत् ६ करोड ८८ लाख, पोखरा फाइनान्सको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
पिपुल्स पावर, खानीखोला हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, गोर्खाज फाइनान्सलगायत कम्पनीको शेयर मूल्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
