निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ।
काठमाडौँ– निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ। आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सात दिनभित्र जवाफ दिन भनेको छ भने प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश गरेको छ।
आयोगले लेखा परीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेश नगर्ने दलहरू आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक रहेका छन्। दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेश नगर्ने राजनीतिक दलहरू गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाल रहेका छन्। त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण नबुझाउनेमा चुरेभावर लोकतान्त्रिक, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, शिव सेना नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) राष्ट्रवादी एकता पार्टीलगायत १५ दल छन्। उनीहरूलाई स्पष्टीकरण सोधेको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आयोगमा दर्ता कायम रहेका ११८ दलमध्ये आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयवाधिभित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये प्रतिवेदन सार्वजनिक नगर्ने २१ दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन निर्देशन गरिएको छ।
समयमा लेखा परीक्षण सार्वजनिक नगर्ने दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, संघीय विकासवादी पार्टी, नेपाल, अखण्डसुदूरपश्चिम पार्टी नेपाल, मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी कांग्रेस, जनताको जनवादी पार्टी, नेपाल, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी रहेको छ। नेपाली कांग्रेस बीपीले भने तोकिएको समय सकिएपछि लेखा परीक्षण प्रतिवेदन बुझाएकामा उसलाई सोको कारणसहित जवाफ मागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
