एमाले प्रतिनिधि परिषद् बैठकबाट १५ बुँदे प्रस्ताव पारित, सहकार्य कमजोर नपार्न सत्तारुढ दलहरूलाई आग्रह
एमालेले सहकार्य कमजोर नपार्न, मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन, राष्ट्रियता, लोकतन्त्र र र जनहितलाई जोखिममा पार्ने काम हुन नदिन सत्तारुढ सबै दलहरूलाई आग्रह गरेको छ।
काठमाडौँ– एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। ललितपुरको गोदावरीमा आइतबार एमालेका उपमहासचिव विष्णु रिमालले पेश गरेको १५ बुँदे समसामयिक प्रस्ताव बैठक हलबाट पारित भएको हो।
उनले अगामी दिनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी लाग्न नेता–कार्यकर्तालाई आग्रह गरे। “अगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न सबै कमरेडहरूलाई आह्वान गर्दछु,” उनले भने।
गत फागुनमा बनेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सम्मिलित गठबन्धनसँगको सत्ता सहकार्यलाई स्वागत गर्दै वर्तमान सरकारलाई सफल बनाउने घोषणासमेत बैठकले गरेको छ।
पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको उपमहासचिव रिमालले बताए।
“बैठकले गत फागुन २१ गते निर्माण भएको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसबीच भएको सत्ता सहकार्यप्रति सन्तोष व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दछ,” उनले भने।
बैठकले सत्ता सहकार्यलाई कमजोर नपार्न, मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन, राष्ट्रियता, लोकतन्त्र र र जनहितलाई जोखिममा पार्ने काम हुन नदिन सत्ता समीकरणका सबै दलहरूलाई आग्रह गरेको उनले बताए।
बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढंगले प्रस्तुत हुन, यसका विरुद्ध अभियान चलाउन र कानूनका नजरमा सबै बराबर भन्ने व्यवहारबाट देखाउन सरकारसँग माग गरिएको उनले बताए।
बैठकको पहिलो दिन शनिबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत भएका थिए।
त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आयोगको तर्फबाट आ–आफ्ना प्रतिवेदन पेश गरेका थिए।
६ वटै प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर सुझावहरूसहित पारित भएको हो। स्वास्थ्यमा समस्या भएका कारण अध्यक्ष ओली भने आइतबारको बैठकमा सहभागी भएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
