प्रहरीले सहकारीमा चोरी गरेको आरोपमा ६ जनालाई इटहरीबाट पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले सहकारीमा चोरी गरेको आरोपमा ६ जनालाई इटहरीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनील भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनील स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ सुजन स्याङ्तान र २८ मकवानपुरगढी गाउँपालिका–८ का अजय राना मगर रहेका छन्।
उनीहरूलाई सहकारी चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। उनीहरूले झापामा विभिन्न समय र स्थानमा सहकारीबाट ३० लाख १६ हजार ६८७ सय रुपैयाँ चोरी गरेको प्रहरीको आरोप छ।
चन्दका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। उनीहरूको साथबाट मोटरसाइकल, मोबाइल फोन तथा चोरीमा प्रयोग हुने सामग्री बरामद भएको छ।
उनीहरूलाई आइतबार झापा जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
