हुथीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएर इजरायली सरकार र अमेरिकाका लागि लगातार समस्याहरू खडा गरेका छन्।
काठमाडौ– इजरायल र इरानबीच जारी तनावका बीच हुथी नेताले साउदी अरेबियामाथि गम्भीर आरोप लगाएका छन्।
यमनको सशस्त्र समूह हुथीका नेता अब्दुल मलिक अल–हुथीले साउदी अरेबियाले यहुदीहरूलाई सन्तुष्ट पार्न र इजरायललाई खुशी पार्ने प्रयास गरिरहेको भन्दै कुरानको केही अंश पनि पाठ्यक्रमबाट हटाइएको दाबी गरेका छन्। अब्दुल मलिकले साउदी इजरायलसँगको सम्बन्ध सामान्य अवस्थामा राखेर त्यहाँ व्यापार गर्न चाहेको पनि बताए। त्यसैले कुरानका केही विवादास्पद विषयहरू पाठ्यक्रमबाट हटाइएको उनको भनाइ छ।
इरानको इस्लामिक रिपब्लिक न्युज एजेन्सीका अनुसार अब्दुल मलिक अल–हुथीले यहुदीहरूलाई आक्रोशित हुनबाट जोगिन पाठ्यपुस्तकहरूबाट कुरानिक पदहरू समेत हटाएको उनले बताए। "कुरानको ती भागहरू हटाइएको छ, जुन यहुदीहरूले गरेको अपराधको बारेमा कुरा गर्दछ," अब्दुल मलिकले भने।
यसैगरी, यूएईले पनि साउदीको सिको गरिरहेको बताए। "दुवै देश इजरायलको लागि मित्रताको भावना भएको पुस्ता निर्माण गर्न चाहन्छन्। यसका लागि पाठ्यपुस्तकहरूमा यहुदीहरूको पक्षका कुराहरू समावेश गरिएको छ," उनले भने।
यमनको ठूलो भूभागमा शासन गर्ने हुथी विद्रोहीहरू निकै आक्रामक छन्। हुथीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएर इजरायली सरकार र अमेरिकाका लागि लगातार समस्याहरू खडा गरेका छन्।
हुथी लडाकुहरूले गाजामा हमासलाई खुलेर समर्थन गरेका छन् भने इजरायलप्रति साउदीको नरम रवैयालाई लिएर लगातार प्रश्न उठाउँदै पनि आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
