मुइज्जु २०२३ काे सेप्टेम्बरमा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए।
काठमाडौँ– भारतविरोधी छवि बनाएर माल्दिभ्सको राष्ट्रपति बनेका मोहम्मद मुइज्जुको पार्टीले संसदीय निर्वाचनमा पनि ठूलो सफलता हासिल गरेको छ। आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको हो।
माल्दिभ्समा आइतबार बिहान ८ बजेदेखि साँझ ५ः३० बजेसम्म मतदान भएको थियो। माल्दिभ्सको निर्वाचन आयोगका अनुसार दुई लाख ८४ हजार ६६३ जना मतदातामध्ये ७२ प्रतिशतले मतदान गरे।
माल्दिभ्सका रिसोर्ट, जेल र औद्योगिक टापुहरूमा पनि मतदान भएको थियो। यसैगरी भारतको तिरुवनन्तपुरम, श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा पनि मतदान भएको थियो। माल्दिभ्सको ९३ संसदीय सिटका लागि ६ दलका ३६८ उम्मेदवार चुनावी मैदानमा थिए। यसमा मुइज्जुको पार्टी पिपुल्स नेसनल कांग्रेस र प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीसहित १३० स्वतन्त्र उम्मेदवारहरू सामेल छन्।
माल्दिभ्सको मिडिया हाउस ‘द एडिसन’का अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिनाको कार्यकालको परीक्षा थियो। मुइज्जु २०२३ काे सेप्टेम्बरमा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए।
यसअघि माल्दिभ्सको संसदमा भारत समर्थक मानिने विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो। यही कारणले संसदमा मुइज्जुले ठूलो विरोधको सामना गर्नुपरेको थियो। अब संसदीय चुनावमा मुइज्जुको पार्टीको जितले भारतको चिन्ता भने थप बढ्दै गएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
