रुसी सेनामा भर्ती भएका नेपालीका आफन्तले उनीहरूको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन्।
काठमाडाैँ– रुसी सेनामा भर्ती भएका नेपालीका आफन्तले उनीहरूको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन्।
शुक्रबारदेखि काठमाडौँको माइतीघरमा अनशन शुरू गरेका उनीहरूले सोमबार पनि बालुवारटारस्थित रुसी राजदूतावास कार्यालय अगाडि अनशन बसेर उद्धारका लागि दबाब बढाएका हुन्। उनीहरूले सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्यांक सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित उपचार, युक्रेनको कब्जामा रहेका पाँच नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तीसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउने व्यवस्थालगायतका विभिन्न १३ बुँदे माग राखेका छन्।
चार दिनदेखि आमरण अनशनमा बसेकी पीडित कृतु भण्डारीले आफूहरू अनशन बसेको चार दिन भइसक्दा पनि सरकारले बेवास्ता गरेको बताइन्।
उनले भनिन्, "आजभन्दा चार दिन अगाडिदेखि हामी आमरण अनशनमा छौँ। म लगायत तीन जना अनशनमा छौँ। अन्य पनि रिले अनशनमा हुनुहुन्छ। आज चौँथो दिनसम्म कसैले प्रतिक्रिया दिएको छैन्। सरकारले यो सूचना पाएको छ वा छैन थाहा छैन। तर हामीमाथि पूरै बेवास्ता भएको छ।"
उनले युद्धग्रस्त क्षेत्रमा अवसरको खोजी गरेर गएका नेपालीहरूको उद्धार तथा जीवनरक्षा गर्नु सरकारको दायित्व रहेको भन्दै आफूहरूको माग सम्बोधनको लागि आग्रह गरिन्।
"नेपालमा रोजगारी नहुँदा नै हाम्रा आफन्तले युद्धग्रस्त क्षेत्र रोज्न बाध्य भएका हुन्। जसरी गएको भएता पनि उहाँहरू नेपाली नागरिक हुनुहुन्छ। उहाँहरूको जीवनरक्षा गर्ने सरकारको न्यूनतम दायित्व हो। सरकारले उद्धार तथा मृतकको शव नेपाल ल्याइदिनुपर्यो। युद्धमा घाइते नेपालीको उचित उपचार हुनुपर्यो भन्ने अपिल गर्छु," उनले भनिन्।

त्यस्तै, आमरण अनशनमा रहेकी अर्की पीडित चिरानी घर्तीको पनि गुनासो उस्तै छ। अनशन बसेको चार दिनसम्म पनि सबै निकायलाई जानकारी भएको तर कतैबाट सुनुवाइ नभएको उनी बताउँछिन्। उनले माग पूरा नभएसम्म सडकमै बस्ने बताइन्।
उनले भनिन्, "अनशन बसेको चार दिन भयो हरेक निकायमा धाइसक्यौँ तर हाम्रो कुरा कसैले सुनेको जस्तो लागेन। हाम्रो माग पूरा नभएसम्म हामी सडकमै बस्छौँ। हाम्रा नेपालीलाई फर्काउनुपर्यो सरकारलाई यही भन्न चाहन्छु।"
त्यसैगरी अर्का पीडित कपिल रुम्बाले नेपालको कूटनीतिक पहल नै कमजोर रहेको आशंका व्यक्त गरे। सबै ठाउँमा निवेदन दिएको र प्रभावकारी रूपमा कसैले पनि माग सम्बोधन गर्न अगाडि नबढाएको उनले बताए।
उनले भने, "परराष्ट्रदेखि सबै ठाउँमा निवेदन दिएको छौँ। खासै प्रभावकारी रूपमा उहाँहरू अगाडि बढेको जस्तो लागेन। कूटनीतिक पहल नै कमजोर जस्तो लाग्यो।"
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका ३४ जना नेपालीको मृत्यु भएको छ। यस्तै, सयाैँको संख्यामा घाइते तथा सम्पर्कविहीन छन्। उनीहरूका परिवार तथा आफन्तले विगत दुई महिनादेखि उद्धारका लागि आवाज उठाउँदै आइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
