सोमबार ५६ लाख ५६ हजार २८२ कित्ता शेयर दुई अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ।
काठमाडौँ– आइतबार बढेको नेप्से परिसूचक सोमबार पुनः घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ को विन्दुमा ओर्लिएको हो।
५६ लाख ५६ हजार २८२ कित्ता शेयर दुई अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ। आइतबार दुई अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
१३ उपसमूहमा म्युचुअल फन्डबाहेकका सबै घट्दा नेप्से परिसूचकसँगै कारोबारमा पनि गिरावट देखिएको हो। सर्वाधिक फाइनान्स उपसमूह २.१० प्रतिशतले घटेको छ। उत्पादन तथा प्रशोधन र विकास बैंक उपसमूह पनि उल्लेख्य घटेका छन्।
कारोबारमा आएका ३२० कम्पनीमध्ये १८६ वटाको शेयरमूल्य घटेको छ। ४९ वटाको मात्रै बढेको छ भने १० वटाको मूल्य स्थिर छ।
शेयरमूल्य बढ्ने कम्पनीमा पिपुल्स पावर लिमिटेड अगाडि छ। उक्त कम्पनीका लगानीकर्तालाई ६.९१ प्रतिशतले मूल्य बढ्दा फाइदा भएको छ। सोमबार सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको भएको छ।
यस्तै, जोशी हाइड्रोपावरको १० करोड १० लाख, सर्वोत्तम सिमेन्टको पाँच करोड ८४ लाख, सोनापुर मिनरल्सको चार करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
शेयरसमूल्य घटेर धेरै नोक्सानीमा पर्नेमा दोल्ती पावर कम्पनीका लगानीकर्ता छन्। उक्त कम्पनीको शेयर ७.३७ प्रतिशतले घटेको छ। एनआईसी एशिया लघुवित्त, हिमालयन लघुवित्त, मोलुङ हाइड्रोपावर, सिर्जनशील लघुवित्तलगायत शेयरमूल्य घटेका कम्पनीको सूचीमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
