अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक प्रकाश चन्दविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक प्रकाश चन्दविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको छ।
आयोगले सशस्त्र प्रहरी बल, नेपाल नं. ३६ गण हेडक्वार्टर डोटी दरबन्दीमा रहेका सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध सोमबार विशेष अदालतमा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो।
सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपीबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिएको भेटिएको आयोगले जनाएको छ।
त्यसपछि उनले माथिल्ला पदका लागि समेत सोही प्रमाणपत्र पेस गरी हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अख्तियारले जनाएको छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना मागदाबी गर्दै सोमबार विशेष अदालत मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
