स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुलीबाट सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले बताए।
वीरगन्ज– वीरगन्ज महानगरपालिका–१७ स्थित अलौमा मंगलबार बिहान आगलागी हुँदा सात घर जलेका छन्।
स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुलीबाट सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले बताए।
“सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ,” उनले भने, “ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ। घरसँगै गाईगोठलगायत संरचना पनि नष्ट भएका छन्।”
दुई वटा दमकलको सहायताले आगो निभाइएको थियो। आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा १० लाख ६३ हजार बराबरको क्षति भएको छ। सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन्।
आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार, सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित चार लाख ८० हजार, तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहित गरगहना जल्दा ११ लाख ६० हजार बराबरको क्षति भएको छ।
पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अन्नपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी चार लाख १६ हजार, अभय सहनीको सात लाख ८० हजार र अदालत साहको छ लाख २३ हजार बराबरको क्षति भएको छ।
गत वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले छिपहरमाई–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा १२ करोड ८४ लाख बराबर क्षति भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
