ट्रकमा आगो लागेपछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी क्षेत्रमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।
मलेखु– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने रसायन बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आगलागी भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रकमा मंगलबार बिहान एक्कासि आगो लागेको हो। रसायन एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील विकले बताए।
गुड्दागुड्दै एक्कासि सल्किएको आगो बिहान ११ बजेसम्म नियन्त्रणमा आउन सकेको छैन। आगलागीका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।
धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमा रहेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
