जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्।
काठमाडौँ– धनुषाको जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्। जनकपुरको जनकपुरको रामानन्दचोकमा रहेको होलिडे एन्ड गेस्ट हाउसमा मंगलबार महिला र पुरुषको झुन्डिएको अवस्थामा शव भेटिएको हो।
प्रहरीले सो होटलमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र लोहारपट्टी नगरपालिका–४ खट्टाकी २५ वर्षीया प्रियंका कापरको शव भेटिएको जनाएको छ।धनुषाका प्रहरी प्रवक्ता, डीएसपी रञ्जन अवाका अनुसार होटलको कोठा नम्बर २०५ मा दुवै जनाको शव भेटिएको हो।
मंगलबार बिहान ११ बजेतिर होटलको कोठामा बालिका रोइरहेको आवाज आएपछि प्रहरीले कोठाको ढोका फोरेर भित्र पसेको थियो। सो क्रममा दुवै जना मृत अवस्थामा भेटिएका थिए भने प्रहरीले बालिकाको त्यहाँबाट उद्धार गरेको थियो। दुवै जना विगत चार दिनदेखि सो होटलमा बसिरहेको पाइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
