कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँमा आइपुगेका छन्।
काठमाडौँ– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँमा आइपुगेका छन्। उनी सवार विमानले मंगलबार दिउँसो साढे ३ बजेतिर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

कतारी अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका छन्। नेपालको राजकीय भ्रमणमा आएका अमिर थानीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको छ। राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर थानी नेपालको दुईदिने राजकीय भ्रमणमा आएका हुन्।

दक्षिण एशियाको भ्रमणमा रहेका कतारी अमिर थानी बांग्लादेशबाट काठमाडौँ आइपुगेका हुन्। अमिरसँगै कतार सरकारका मन्त्री र उच्च अधिकारीहरू टोलीमा सम्मिलित छन्।

कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ। उनले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन्।

दुई देशबीचको वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले वार्ता गर्ने छन्। वार्तापछि दुवै देशका प्रतिनिधिहरूले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। नेपालको भ्रमण सकेर कतारी अमिर बुधबार अपराह्न फर्किने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
