भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले केही दिनभित्रै भन्सार कार्यालयले आईसीपी स्थलबाट काम शुरू गर्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए।
बाँके– नेपालगन्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) दुई हप्तामै सञ्चालन हुने भएको छ। भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०/१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आईसीपी स्थलबाट शुरू गर्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए।
आईसीपी सञ्चालनमा आएपछि मालवाहक सवारीसाधनको जाँचपास सोही ठाउँबाट गरिने उनले जानकारी दिए। गत वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईपीएसको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए।
उद्घाटन भएको करिब एक वर्षपछि सोमबार मात्रै भारतले नेपाल सरकारलाई नेपालगन्ज आईसीपी हस्तान्तरण गरेको छ। नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आईसीपी निर्माण गरिएको थियो।
भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आईसीपी हस्तान्तरण गरेको हो। नेपालगन्ज उपमहानगरपालिका –१६ जयसपुर र जानकी गाउँपालिका–१ मा आईसीपीका ठूला पूर्वाधार निर्माण भए पनि पछिल्लो केही महिनादेखि नेटवर्किङ, सीसी क्यामेरा जडानलगायत काम हुँदै आएको थियो।
भारतकै सहयोगमा नेपालगन्ज नाकामा आईसीपी निर्माण गर्न २०६७ सालमा सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो। नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आईसीपी निर्माण गरिएको छ। आईसीपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टरलगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए।
आईसीपी सञ्चालन भएपछि वस्तु आयात निर्यातमा उद्योगी व्यापारीलाई ठूलो सहायता पुग्ने नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। आईसीपी सञ्चालनमा आएपछि सीमावासीमा चहलपहल बढ्ने जानकी गाउँपालिका–१ का वडाध्यक्ष मोहम्मद रजा राईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
