जियानमाथि युरोपेली संसद्का सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनलाई संवेदनशील जानकारी पठाएको आरोप छ।
जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदका एक जना सहयोगीलाई पक्राउ गरेको छ। चिनियाँ मूलका ती जर्मन नागरिकलाई प्रहरीले जर्मनीको पूर्वी शहर ड्रेसडेनबाट पक्राउ गरेको हो।
जियान जी नामका ती व्यक्ति करिब २० वर्षअघि विद्यार्थीका रूपमा जर्मनीमा आएका थिए। जियानमाथि युरोपेली संसद्का सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनलाई संवेदनशील जानकारी पठाएको आरोप छ।
जियानले दक्षिणपन्थी एएफडी पार्टीका नेता म्याक्सिमिलियन क्राउसको सहयोगीका रूपमा काम गरेका थिए।उनीमाथि जर्मनीमा रहेका चीनविरोधी कार्यकर्ताको सूचना संकलन गरी चीनलाई सुम्पेको आरोप पनि छ।
यसअघि जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा अन्य तीन जनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि जर्मनीको सैन्य प्रविधिसँग सम्बन्धित सूचना चोरेर चीनमा पठाएको आरोप छ। बेलायतमा पनि चीनका लागि जासुसी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
