चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन्।
झापा– झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका मंगलबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन्।
भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन्। बन्द अवधिमा सर्वसाधारण र सवारीसाधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगन्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए। मंगलबार साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन्।
भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बंगालको दार्जीलिङ र विहारको किसनगन्ज जिल्लामा यही वैशाख १४ गते एकैदिन हुँदैछ। भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन्।
उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारीसाधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए। उनले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिए।
खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने विगतदेखिकै प्रचलन रहेको प्रजिअ बास्तोलाले बताए।
नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमानाका बन्द गर्ने गरेको उनले बताए। चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन्।
भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ। उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको पश्चिम बंगालको दार्जीलिङ, रायगन्ज र बलुरघाट निर्वाचन क्षेत्रमा वैशाख १४ गते मतदान हुनेछ। सोही दिन विहार प्रान्तको किसनगन्ज, पूर्णिया, कटिहार, भागलपुर र बांका निर्वाचन क्षेत्रमा मतदान हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
