कन्जरभेटिभ राज्यमा गर्भपतन अधिकारको मत सफल भए पनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ।
गर्भपतन अधिकारका लागि गरेको प्रयास रूढिवादी झुकाव भएको चर्चाबीच चुनावी अभियान लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन फ्लोरिडा पुगेका छन्।
सन् २०१६ र २०२० को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेको तथा रिपब्लिकन गभर्नर रोन डेसान्टिसको नेतृत्वमा रहेको दक्षिणपूर्वी राज्य करिब एक दशकदेखि डेमोक्रेटको पहुँचभन्दा बाहिर छ।
तर ट्रम्पको कार्यकालमा सर्वोच्च अदालतले गर्भपतन गर्न पाउने संघीय अधिकारलाई खोसेपछि रिपब्लिकनको विशेष प्रभाव भएका राज्यका मतदाता पनि यस मुद्दामा एकजुट भएका छन्।
समाचार संस्था एएफपीका अनुसार, सर्वोच्च अदालतबाट हालै फैसला भएको ६ हप्तापछिको गर्भपतनमा प्रतिबन्धलाई कायम राखेको निर्णय फ्लोरिडाका मतदाताले कसरी लिनेछन् भन्ने विषय दुवै पक्षका लागि उच्च जोखिम बनेको छ। यो निर्णय मे १ देखि लागू हुनेछ।
सर्वोच्च अदालतले गर्भपतनको अधिकार नियमनलाई फिर्ता गरेदेखि २१ वटा राज्यले गर्भपतनमा प्रतिबन्ध लगाएका छन्। यद्यपि हरेक पटक यो मुद्दा प्रत्यक्ष रूपमा मतदातामा जाँदा गर्भपतनको पक्षधरले जितेका अभियानकर्ताले उल्लेख गरेका छन् ।
राष्ट्रपति वाइडेनका चुनावी अभियानका प्रवक्ता जुली चाभेज रोड्रिगेजले फ्लोरिडामा जित हासिल गर्न सजिलो नभए पनि राष्ट्रपति बाइडेनका लागि यो जित योग्य राज्य भएको बताए।
आजीवन क्याथोलिक धर्मावलम्बी रहेका ८१ वर्षीय बाइडेनले लामो समयदेखि गर्भपतनका विषयमा ट्रम्पसँग लड्दै आएका छन्।
धर्मसँग कमजोर सम्बन्ध भएका ट्रम्पले सन् २०२२ मा सर्वोच्च अदालतले ‘रो भर्सेज वेड’लाई उल्टाउने निर्णयमा आफ्नो भूमिका रहेको बताउँदै आएका छन्।
उक्त फैसलाले ट्रम्पले नियुक्त गरेका परम्परावादी न्यायाधीशले गर्भपतनको संवैधानिक अधिकारलाई कायम राख्ने आधा शताब्दी लामो कानूनी नजिरलाई खारेज गरेको थियो।
रिपब्लिकन–नियन्त्रित राज्यमा महिलाले प्रजनन हेरचाहमा पहुँच स्थापित गर्न विविध समस्याको सामना गर्नुपरेको छ। यसमा गैर–व्यवहार्य गर्भधारण र आईभीएफ उपचार पनि समावेश छ।
कन्जरभेटिभ राज्यमा गर्भपतन अधिकारको मत सफल भए पनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ।
सन् २०१६ मा डेमोक्रेट पार्टीको प्राथमिकतामा रहेको न्यूनतम पारिश्रमिक बढाउने उपाय राष्ट्रपतिका लागि छनोटसँगै मतदानमा राखिएको थियो ।
ट्रम्पले जस्तै पारिश्रमिक बढाउने निर्णयले बहुसंख्यक मतदाताको मन जितेको छ र यस मुद्दाले बाइडेनलाई सहयोग पुग्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
