आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र देशबाट मानिस आउने गर्छन्। सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटल खुलेकाले बारपाक पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य बनेको छ।
गोरखा– २०७२ वैशाख १२ गते ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परेर नौ हजार मानिसको ज्यान गएको थियो। गोरखासहित दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत जिल्ला नराम्ररी प्रभावित भए।

बुधबार सोही भूकम्प गएको नौ वर्ष पूरा भएको छ। बाक्लो बस्ती, ढुंगाले छाएका घर, ढुंगा नै बिछ्याइएका बाटाहरूले सुन्दर गाउँका रूपमा परिचित बारपाक भूकम्पपछि भने फेरिएको छ। यहाँ एक हजार ५०० घरधुरी छन्।

अहिले भने यहाँको त्यो मौलिकता तथा पहिचान मासिएको छ। परिचय फेरिएको छ, भूकम्पको केन्द्रबिन्दु बारपाक। आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र देशबाट मानिस आउने गर्छन्। सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटल खुलेकाले बारपाक पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य बनेको छ।

परम्परागत ढुंगाले छाइएको घरको सट्टा आधुनिक र पक्की घर निर्माण गरिएको छ। ढुंगा छापिएका बाटो सडकमा परिणत भएका छन्। दैनिकी सामान्य बन्दै गएको छ। मेलापात, घाँसदाउरा वनजंगल गर्दा गाइने गीतले भूकम्पको कम्पनलाई बिर्साएका छन्।

भूकम्पको स्मृतिमा बुधबार बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए। यस अवसरमा पालिकाले दिउँसो वडा नम्बर १ स्थित हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जलीसभा राखेको छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
