निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्थाको प्रतिनिधि मण्डलले अर्थमन्त्री पुनसँग शिष्टाचार भेट गरेको हो।
काठमाडाैँ– निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन)को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेको छ।
नेपालका लागि स्विजरल्यान्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ मन्त्रालयमा भेटेको हो। त्यस क्रममा प्रतिनिधि मण्डलका सदस्यहरूले आफूहरू नेपालमा लगानीको क्षेत्र विस्तारका लागि इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धता जनाएका थिए।
हालसम्म वाणिज्य बैंकहरूसँग मात्र सहकार्य गर्दै आएकामा आगामी दिनमा विकास बैंक र लघुवित्तमार्फत पनि लगानी गर्न चाहेको उनीहरूले बताए। उक्त संस्थाले हालसम्म नेपालमा बैंकहरूमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि ६०० मिलियन डलर लगानी गरेको छ। भेटमा मन्त्री पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको बताए। सरकारले देशभित्र र बाहिरको निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उनको भनाइ थियो।
प्रतिनिधि मण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी), एसियाली विकास बैंक (एडीबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी), बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेल्जियमको बीआई ओ इनभेस्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्विजरल्यान्ड, स्विडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए।
वि.स. २००७ सालमा नेपाल भित्रिएको यस संस्थाले २०७८ सालमा नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीको तेस्रो संशोधन गरेपछि कर्जा लगानी बढाएको हो। चालु आर्थिक वर्षको हालसम्म उक्त संस्थाले नेपालमा करिब १५० मिलियन अमेरिकी डलर लगानी गरेको छ। सो संस्थाले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एउटा छुट्टै सत्रको समेत आयोजना गरेको छ।
यसअघि सोही प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसँग भेटेको थियो। त्यस क्रममा सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको भन्दै केही दिनअघि मात्र अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका विभिन्न ९ वटा ऐन संशोधनको निर्णय गरेको बताए।
नेपालले आगामी सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न तथा सन् २०३० सम्म दिगो विकास लक्ष्यको उद्देश्य पूरा गर्ने अभियानमा रहेकाले सरकारले वैदेशिक लगानीमा जोड लिने नीति लिएको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
