बुधबार शेयर बजार परिसूचक नेप्सेमा ०.१५ अंकको सामान्य बढोत्तरी भएर १९६९.१७ विन्दुमा पुगेको छ।
काठमाडाैँ– लगातार ओह्रालो लागेको शेयरबजार कारोबारमा बुधबार खासै घटबढ भएन। शेयर बजार परिसूचक नेप्सेमा ०.१५ अंकको सामान्य बढोत्तरी भएर १९६९.१७ विन्दुमा पुगेको छ।
१३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेकका सबै समूह घटेका छन्। २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ। ७२ लाख ८४ हजार २७२ कित्ता शेयर २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो।
आज ११३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ। १५ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। पोखरा फाइनान्सको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, नेपाल फाइनान्स लगायतका शेयरमूल्य बढेका छन्।
सर्वाधिक शेयर किनबेच नेपाल रिइन्स्योरेन्सको भएको छ। उक्त कम्पनीको ६३ करोड ३० लाखको शेयर कारोबार भएको छ। पोखरा फाइनान्सको १४ करोड ८० लाख, गोर्खाज फाइनान्सको ८ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ।
आज शेयरमूल्य घटेर नोक्सानमा पर्नेमा माइखोला हाइड्रोपावरका लगानीकर्ता पहिलो नम्बरमा छन्। नबिल डिबेञ्चर २०८५, महिला लघुवित्त, लक्ष्मी उन्नति कोष, रिभर फल्स पावरलगायतका शेयर घटेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
