चीनले अमेरिकीहरूको डाटामा पहुँच पुर्याउन सक्ने वा एपको माध्यमबाट उनीहरूलाई सर्वेक्षण गर्न सक्ने भन्दै अमेरिकी सिनेटमा टिकटकमाथि प्रतिबन्धको आवाज उठ्दै आएको थियो।
लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्ध लगाउनेसम्बन्धी कानूनलाई अमेरिकी सिनेट (कंग्रेस)ले अनुमोदन गरेको छ। टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने माग गरिएको उक्त विधेयकमाथि मंगलबार सांसदहरूले मतदान गरेका थिए।
चीनले अमेरिकीहरूको डाटामा पहुँच गर्न सक्ने वा एपको माध्यमबाट उनीहरूलाई सर्वेक्षण गर्न सक्ने भन्ने अमेरिकी सांसदहरूबीचको व्यापक चिन्ताबाट सञ्चालित यो विधेयक शनिबार अमेरिकी प्रतिनिधिसभाले पारित गरेको थियो।
अमेरिका र अन्य पश्चिमी अधिकारीहरूले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले बेइजिङलाई डाटा संकलन गर्न र प्रयोगकर्ताहरूमाथि जासुसी गर्ने अनुमति दिने आरोप लगाएका छन्। अमेरिकामा मात्र यसको प्रयोगकर्ताको संख्या १७ करोड रहेको छ।
आलोचकहरूले टिकटक बेइजिङको अधीनमा रहेको र गलत प्रचार फैलाउने माध्यम भएको बताएका छन्। चीन र कम्पनीले ती दाबीहरूको कडारूपमा खण्डन गरेका छन्। कुनै पनि कम्पनीलाई अमेरिकी बजारमा सञ्चालन गर्नबाट रोक लगाउन दुर्लभ कदम चाल्न सक्ने उक्त विधेयक प्रतिनिधिसभाले बलियो द्विदलीय (डेमोक्रेट र रिपब्लिकन) समर्थनका साथ पारित गरेको तीन दिनपछि सिनेटले १८ का विरुद्ध ७९ मतले पारित गरेको थियो।
राष्ट्रपति बाइडेनले कानूनमा हस्ताक्षर गर्ने बताएका छन्। सम्भवत: बुधबार नै हस्ताक्षर गर्ने बताइएको छ। उनले यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दुर्लभ टेलिफोन वार्तामा टिकटकका बारेमा आफ्नो चिन्तालाई दोहोर्याएका थिए।
शनिबार सदनमा मतदान भएपछि टिकटकले गुनासो गर्दै कानून निर्माताहरूले १७ करोड अमेरिकीको स्वतन्त्र अभिव्यक्तिलाई कुल्चिने, ७० लाख व्यवसायलाई ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा वार्षिक २४ अर्ब डलरको योगदान गर्ने प्लेटफर्म बन्द गर्ने प्रतिबन्धित विधेयकलाई अवरोध पार्ने कोसिस गर्नु ‘दूर्भाग्यपूर्ण’ भएको बताएको थियो।
विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरहरूबाट बाहिरिनु पर्नेछ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत अमेरिकी अर्थमन्त्रीका रूपमा काम गरेका स्टिभन मेनुचिनले आफू टिकटकलाई अधिग्रहण गर्न इच्छुक रहेको भन्दै लगानीकर्ताहरूको समूह भेला गरेका छन्।
टिकटक वर्षौंदेखि अमेरिकी अधिकारीहरूको निशानामा परेको छ। अधिकारीहरूले उक्त प्लेटफर्मले बेइजिङलाई अमेरिकामा यसको प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको बताएका छन्। यद्यपि प्रतिबन्धले मुद्दा चलाउन सक्छ।
सामाजिक सञ्जाल एक्सका अर्बपति मालिक एलन मस्कले शुक्रबार टिकटकमाथिको प्रतिबन्ध बारे विरोध जनाउँदै भनेका थिए, “यस्तो गर्नु वाक र अभिव्यक्ति स्वतन्त्रताको विपरीत हुनेछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
