घोडाहरूलाई व्यस्त ट्राफिक र कोलाहलमा अभ्यस्त गराउन धेरै महिनासम्म लन्डनका सडकहरूमा दाैडाइन्छ। त्यसैका लागि रिहर्सल गर्ने क्रममा यो दुर्घटना भएको हो।
लन्डनको सडकमा बेलगाम सैन्य घोडा दौडिएपछि त्यहाँको स्थानीय समयअनुसार बुधबार बिहान एकाएक हल्लाखल्ला मच्चियो। भोलि हुने सैन्य कार्यक्रमको पूर्व तयारीका लागि ल्याइएकामध्ये पाँच घोडा भवन निर्माणस्थलको आवाजले तर्सिएपछि सेन्ट्रल लन्डन क्षेत्रको व्यस्त सडकमा भागेका थिए।

समूहमा छ जना सिपाही र सात घोडाहरू थिए। एक सैनिक अधिकारीले बीबीसीलाई बताएअनुसार ती घोडाहरूमा सवार चार सैनिक काँटीबाट खसेका थिए। तत्कालै उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो। यद्यपि, यी सबै सैन्य घोडाहरूलाई पछि नियन्त्रणमा लिइयो। पाँच किलोमिटर टाढा लाइमहाउसमा दुईवटा घोडाहरू समातिएका थिए।

वास्तवमा, बकिंघम प्यालेस नजिकै चलिरहेको निर्माण कार्यको कोलाहलको कारण रिहर्सल गरिरहेका यी घोडाहरू बेलगाम दौडन थाले। लन्डनको सडकमा दौडिरहेका यी घोडाहरू धेरै सवारीसाधनसँग ठोक्किए। उनीहरूको ठक्करबाट डबल डेकर टुर बसको विन्डस्क्रिन पनि भाँचिएको थियो। यस्तै, केही घोडाहरू ट्राफिकसँग ठोक्किए र तीमध्ये कम्तीमा दुईजना घाइते भएका छन्।

यी घोडाहरूले बेलायतको शाही कार्यक्रमहरूमा महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैले तिनीहरूको उचाइ र शरीरको आधारमा छनोट गरिन्छ र प्रत्येक घोडामा एक अधिकारी खटाइन्छ। घोडाहरूलाई व्यस्त ट्राफिक र कोलाहलमा अभ्यस्त गराउन धेरै महिनासम्म लन्डनका सडकहरूमा दाैडाइन्छ। त्यसैका लागि रिहर्सल गर्ने क्रममा यो दुर्घटना भएको सैन्य अधिकारीले बीबीसीलाई बताएका छन्।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
