बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्को गठन सम्बन्धमा स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।
मकवानपुर– बागमती प्रदेशको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लैंगिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी नीति, २०८१ लाई स्वीकृत गरेको छ।
बैठकले स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकमसमेत स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको उक्त बैठकले प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को पहिलो संशोधनलाई पनि स्वीकृत गरेको छ।
यसैगरी बैठकले बागमती प्रदेशस्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरणसम्बन्धी मापदण्ड संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले वन क्षेत्रका भोगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गाको भोगाधिकार मात्रै लिई राख्ने निर्णय गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को प्रदेशको विभिन्न निकायमा भुक्तानी दिन रकम बाँकी रहेकाले निकासा दिन स्वीकृत प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ। बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्को गठन सम्बन्धमा स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
