बस्तीभर फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए। बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर मटिहानी आगलागीबारे सर्वपक्षीय छलफल गर्ने तयारी छ।
जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ।
तीव्र हावा चलिरहेको बेला दिउँसो आगलागी भएको थियो। सो आगो राति नौ बजेपछि मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार आगलागीबाट मटिहानीमा १०० भन्दा बढी घर जलेका छन्। घटनासम्बन्धी विस्तृत विवरण बिहीबारसम्म दिउँसोसम्ममा थाहा पाउन सकिने उनले बताए।
बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने तथा सो बैठकमा मटिहानी आगलागी घटनाबारे सर्वपक्षीय छलफल गरिने प्रजिअ गेलालले बताए। पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायत राहत सामग्री प्रदान गरेको छ।
आगलागीबाट खसीबाख्रा र सुँगुरलगायत पशु चौपायासमेत मरेको प्रहरीले जनाएको छ। बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
