८० वर्षसम्म पनि नागरिकता नबन्दा नोन्जोम कामीसहित सिंगो परिवार नै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित थियो।
मुगु– मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
२००० वैशाख १२ गते जन्मिएकी उनलाई जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन्।
३५ वर्षअघि कामीका उनका श्रीमान् सोनाम तेन्जिङको मृत्यु भएको थियो। विकट गाउँ, जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न दुई/तीन दिन हिँड्नुपर्ने अवस्था थियो। उनलाई नागरिकताको आवश्यकताबारे पनि जानकारी थिएन। “जब श्रीमान्को मृत्यु भयो घरमा कमाउने मान्छे भएन दुई छोरा पाल्न धौधौ भयो। सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन,” उनले भनिन्।
श्रीमान्को नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजात पुगेपछि र ढिला नागरिकता लिनाको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछि नागरिकता बनाइदिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए।
८० वर्षसम्म पनि नागरिकता नबन्दा सिंगो परिवार नै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित थियो। स्थानीय सोनाम लामा कार्मारोङ र वडाध्यक्ष दावा साङवा तामाङले नागरिकता बनाउन प्रक्रिया पूरा गरिदिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
