इजरायलको प्रमुख सहयोगी अमेरिकासहित देशहरूले ठूलो संख्यामा नागरिक हताहत हुने सम्भावना रहेको भन्दै रफाहमा सेना नपठाउन आग्रह गर्दै आएका छन्।
इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयस्थल रहेको गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही शुरू गरेको छ।
अन्तर्राष्ट्रिय आक्रोशका बाबजुद आफ्नो योजनाबद्ध अभियानलाई अगाडि बढाइरहेको इजरायल सरकारका प्रवक्ता डेभिड मेन्सरले बताए। “रफाहमा रहेका चार सैन्य बटालियन इजरायलबाट जोगिने छैनन्। तिनीहरूमाथि आक्रमण हुनेछ,” उनले भने। प्यालेस्टिनी इस्लामिक आन्दोलनविरुद्ध गाजामा रक्षात्मक र सामरिक मिसनका लागि दुई थप ब्रिगेड परिचालन गरिएको मेन्सरले बताए।
गत अक्टोबर २७ मा गाजामा इजरायलले स्थल आक्रमण शुरू गरेयता हमासका २४ बटालियनमध्ये कम्तीमा १८ गाजाका २४ लाख जनसंख्यामध्ये अधिकांशले रफाहमा शरण लिएका छन् र धेरैले अस्थायी शिविरमा आश्रय लिएका छन्।
इजरायलको प्रमुख सहयोगी अमेरिकासहित देशहरूले ठूलो संख्यामा नागरिक हताहत हुने सम्भावना रहेको भन्दै रफाहमा सेना नपठाउन आग्रह गर्दै आएका छन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, “रफाहमा पूर्ण सैन्य आक्रमणले त्यहाँ फसेका सर्वसाधारणमा निकै हानिकारक प्रभाव पार्नेछ र यसले अन्ततः इजरायलको सुरक्षामा असर पार्नेछ।”
रेडक्रसका अधिकारी फाब्रिजियो कार्बोनीले आक्रमण हुनुअघि रफाहका बासिन्दालाई शहरबाट अन्यत्र सार्ने योजनाबारे मानवीय समूहलाई कुनै जानकारी नभएको बताए। उनले भने, “विनाशकारी मानवीय क्षति बिना सैन्य अभियान सञ्चालन गर्न सक्ने अवस्था छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
