तस्वीरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न विभिन्न ठाउँमा पुग्छिन्। तस्वीर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट २०० देखि २५० रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
बेदकोट– कञ्चनपुर कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनले चित्र बनाएर पढाइसँगै घरखर्च जोहो गर्न गरिरहेकी छन्।
तस्वीरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँ–ठाउँमा पुगिरहन्छिन्। चित्रकलामै भविष्य खोजिरहेकी निर्मलाले यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजना रहेको सुनाइन्। “चित्र कोर्ने सानैदेखिको सोख हो। तस्वीर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु,” उनले भनिन्, “अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ। पढाइलाई पनि सँगै अगाडि बढाएकी छु। कलेज समयबाहेक फुर्सदमा चित्र कोर्छु।”
तस्वीर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट २०० देखि २५० रुपैयाँसम्म आम्दानी हुने गरेको छ। पढाइसँगै फुर्सदको समयमा चित्र कोरेर हुने आम्दानीले अध्ययनका साथै घरखर्च जोहो गर्न सहजता भएको छ। आमाबुबासहित ६ जनाको परिवार छ। निर्मला जेठी छोरी हुन्।
“परिवारको आर्थिक अवस्थाले नधानेर माइली बहिनीले पढाइ छोडिन्। अहिले पसलमा काम गर्छिन्। अरू हामी जेनतेन अध्ययन गरिरहेका छौँ,” निर्मलाले भनिन्, “चित्रबाट प्राप्त हुने सीमित रकमले जेनतेन अध्ययन खर्च चलेको छ।” पछिल्लो समय अत्याधुनिक प्रविधिको प्रयोग हुँदा चित्रकारले काम पाउन कठिन भएको उनको गुनासो छ। “काम पाइएको बेला राम्रै आम्दानी हुन्छ। प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ,” उनले भनिन्।
२०७५ सालमा उहाँले चित्र बनाउने र पेन्टिङको तालिम लिएकी थिइन्। चित्रकलामा महिलाको उपस्थिति कम छ। जिल्लाभर चार–पाँच महिला मात्रै चित्रकलामा आबद्ध रहेको नेपाल कमर्सियल आर्टिस्ट संघका सल्लाहकार सुरेश पथिकले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
