मुगुको सोरु गाउँपालिका–९ स्थित कालै प्रहरी चौकी भवन निर्माणका लागि २०७६ जेठमा अमर निर्माण जेभीले ठेक्का लिएको थियो। एक वर्षमा सक्ने सम्झौता रहेको भवन अलपत्र अवस्थामा छ।
मुगु– ठेकेदारले काम छाडेपछि मुगुमा प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। एक वर्षमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि बजेट अभावको कारण देखाउँदै ठेकेदारले काम छाडेका छन्।
सोरु गाउँपालिका–९ स्थित कालै प्रहरी चौकी भवन निर्माणका लागि २०७६ जेठमा अमर निर्माण जेभीले २ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको थियो।
कार्यालयको ब्यारेक भवन, शौचालय तथा स्नान गृह निर्माणका लागि प्रदेश सरकारले शुरूमा ५० लाख रुपैयाँ निकासा गरेको थियो। सोमध्ये पनि निर्माण व्यवसायीले ४८ लाख ३६ हजार भुक्तानी पाएपछि काम थालेका थिए।
त्यसपछि ठेकेदारले भवनको दुई तला उठाएर छाडेका छन्। त्यसबेला काम गरेका मजदुरले पनि पैसा पाएका छैनन्। “५० दिन बढी हामीले काम गर्यौँ। ढुंगा बोक्ने, गिटी कुटेकोदेखि बालुवा बोकेको १ रुपैयाँ पनि नदिई ठेकेदार बेपत्ता भएको छ। घरमा जहान छोराछोरीलाई खुवाउन मुस्किल छ,” मजदुर धर्मराज चौलागाईंले भने, “बनाएको भवन पनि पशु चौपाया बस्ने ठाउँ भयो।”
सरकारले भुक्तानी नदिँदा कामदारलाई पैसा दिन नसकेको अमर निर्माण जेभीका प्रोप्राइटर राजबिन्द्र प्रताव सापकोटाले बताए। “सरकारले रकम निकासा नगरेकोले मजदुरलाई दिन नसकिएको हो। हाम्रो तर्फबाट काम गरेको रकम भुत्ताकीका आग्रह गर्दा पाउन सकिएन। अहिले सर्वोच्चमा मुद्दा पुगेको छ,” उनले भने।
कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर सञ्चालन हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
