भद्रपुर नगरपालिका–८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ८० वर्षिया महिलालाको मृत्यु भएको छ।
बनियानी– झापाको कनकाई र भद्रपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कनकाई–३ सुरुंगा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकल बिर्तामोड–७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो।
झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकलमा पछाडि सवार मेचीनगर–१० का २९ वर्षीय प्रसन्न दनुवारको उपचार भइरहेको छ।
यस्तै, बुधबार राति भद्रपुर नगरपालिका–८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मोटरसाइकले पैदलयात्री अन्जादी ८० वर्षिया महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।
उनको पनि उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो। मोटरसाइकल र चालक भद्रपुर–८ का ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
