नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो। यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ।
सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाले पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) प्रक्षेपण गरेको छ।
न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट बुधबार स्थानीय रूपमा विकसित नानोस्याटेलाइट प्रक्षेपण गरेको हो।
नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको त्यहाँको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो। यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ। यसले कोरियाली प्रायद्वीप र त्यस वरपरका क्षेत्रको निगरानी गर्नेछ। तस्वीर लिएर सरकारलाई राष्ट्रिय सुरक्षामा आउने कुनै पनि धम्की, प्राकृतिक विपत्ति वा खतराको तुरुन्त प्रतिक्रिया दिन सहयोग गर्नेछ ।
दक्षिण कोरियाले सन् २०२६ जुनमा थप पाँच नानोस्याटेलाइट प्रक्षेपण गर्ने र सन् २०२७ सेप्टेम्बरमा स्वदेशी नुरी अन्तरिक्ष रेकटमा अन्य पाँचवटा नानोस्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
