घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको थियो।
काठमाडौँ– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाइ भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि वैदेशिक रोजगार विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र 'नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल'लाई आग्रह गरेको छ।
विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना–खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो। मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि श्रमिकहरूले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ।
उडान समयभन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ। यसरी घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए।
"बजेट एयरलाइन्स भन्ने तर मूल्य चर्को तिर्नुपर्ने अनि न्यूनतम खाना–खाजा तथा पानी पनि नपाउँदा श्रमिकहरू भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ। यस्तो धेरै गुनासो सुनियो। त्यसैले सबैलाई बोलाएर छलफल गर्याैँ," उनले भने।
छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेको हो।
त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्राधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
