धनुषामा बिहीबार प्रदर्शनकारीसँगको झडपका क्रममा तीन जना सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
काठमाडौँ– धनुषामा बिहीबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा तीन जना घाइते भएका छन्। बिहीबार दिउँसो धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरमा प्रदर्शनमा उत्रिएका स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको हो। झडपका क्रममा सुरक्षाकर्मीतर्फ तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
औरहीको पौडेश्वरका दुई घरका दुई बालिका हराएका थिए। बालिकालाई भगाएको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा पाँच जनालाई पक्राउ परेका थिए। यही विषयलाई लिएर स्थानीयले सडक अवरुद्ध पारेपछि सडक खुलाउन सुरक्षाकर्मी पुगेको थियो। सोही क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, डीएसपी रञ्जन अवाले बताए। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले नौ सेल टियर ग्यास प्रहारसमेत गरेको थियो। अहिले स्थिति नियन्त्रणमा रहेको उनको भनाइ छ।
१० दिनअघि पौडेश्वरका दुई युवतीलाई भगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी हराएका युवतीहरूको खोजी कार्य भइरहेको उनले बताए। यही विषयलाई लिएर बिहीबार बिहान स्थानीय र सुरक्षाकर्मीबीच छलफलसमेत भएको थियो। त्यतिबेला स्थानीयले विरोध नगर्ने बताए तापनि दिउँसो उनीहरू टायर बालेर सडक अवरुद्ध गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए। त्यसपछि सडक खुलाउन पुगेको सुरक्षाकर्मीविरुद्ध डुंगामुढा भएपछि बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ। सोक्रममा दुई जना नेपाल प्रहरी र एक जना सशस्त्र प्रहरी घाइते भएको प्रहरी प्रवक्ता अवाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
