बिहीबार ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबर कारोबार भएको छ।
काठमाडौँ– बुधबार झिनो अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा सीमित भएको हो। बुधबार नेप्से परिसूचक ०.१५ अंकको सामान्य बढोत्तरी भएर १९६९.१७ विन्दुमा पुगेको थियो।
बिहीबार १३ उपसमूहमध्ये फाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूह बढे पनि आठ उपसमूहको सूचक घटेको छ। फाइनान्स उपसमूह ३.१३ प्रतिशतले बढे पनि अन्य उपसमूहको सूचक घट्दा कारोबारमा असर परेको हो।
बिहीबार १४९ कम्पनीको शेयर मूल्य घटेको छ। ८८ कम्पनीको बढेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर रह्यो। नेप्सेका अनुसार बिहीबार ६३ लाख १२ हजार ५५२ कित्ता शेयर केनबेच हुँदा दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबर कारोबार भएको छ। बुधबार दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
पोखरा फाइनान्सको शेयर मूल्य वृद्धि र कारोबार रकमका आधारमा सबैभन्दा अगाडि छ। शेयर मूल्य ७.८९ प्रतिशतले बढेको हो। साथै, सो कम्पनीको ११ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ। सकारात्मक सर्किट स्तरमा बढेको मल्टिपर्पोज फाइनान्सको शेयर नौ करोड ४० लाख रुपैयाँ बराबर किनबेच भएको छ।
यस्तै, पिपुल्स पावरको आठ करोड ५९ लाख, गोर्खाज फाइनान्सको आठ करोड ६ लाख, आईएमई लाइफ इन्स्योरेन्सको सात करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। बिहीबार शेयर मूल्य घटेका कम्पनीमध्ये शीर्ष पाँचमा सबैको लघुवित्त, माईखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
