मन्त्रिपरिषद् बैठकले तत्काल कानूनी व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो।
काठमाडौँ– सरकारले सहकारीको समस्या समाधान गर्न तत्काल कानून निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल कानूनी व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो।
“बैठकमा सहकारीका विषयमा निकै नै गम्भीरतापूर्वक छलफल भयो। त्यसका सम्बन्धमा तत्काल कानूनी व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ता बेहोरेको समस्याको समाधानको प्रक्रिया शुरू गर्ने निर्णय भएको छ,” सञ्चारमन्त्री रेखा शर्माले भनिन्।
त्यस्तै, बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ बमोजिम पुनरावेदन समितिको अध्यक्ष तोकेको छ।
उनका अनुसार देशभर अहिले डढेलोका कारण खेतीबालीमा भइरहेको क्षतिका सम्बन्धमा पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो। देशभर आगलागी तथा डढेलोका कारण भइरहेको क्षति न्यूनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन पनि बैठकले निर्देशन दिएको पनि उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
