यो उमेरमा पनि तन्दुरुस्त र सुन्दर रहन कसरत गर्नेदेखि उपवास बस्ने गरेको उनले बताइन्। उनी भन्छिन्, ‘सुन्दरताको कुनै म्याद हुँदैन।’
अर्जेन्टिनाकी ६० वर्षीया महिला मिस अर्जेन्टिना प्रतियोगिताका लागि छनोट भएकी छन्। ब्युनर्स आयर्सकी वकिल तथा पत्रकार एलेजान्ड्रा मारिसा रोड्रिग्जले भर्खरै मिस ब्युनर्स आयर्सको उपाधि जितेकी छन्। यो उपाधि जितेसँगै उनी मे २५ मा हुन लागेको मिस अर्जेन्टिनाको सौन्दर्य प्रतियोगिताका लागि योग्य भएकी हुन्।
गत वर्षको अन्त्यमा मिस युनिभर्स सौन्दर्य प्रतियोगिताले सन् १९५८ देखि लागू भएको उमेरको हद हटाएको थियो। त्यसैले यस वर्षदेखि यो प्रतियोगिता १८ देखि २८ वर्ष उमेर समूहका महिलाहरूमा मात्र सीमित छैन। एलेजान्ड्रा अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छन्। उनी दर्जनौँ युवा महिलाहरूलाई पछि पारेर मिस ब्युनर्स आयर्सको उपाधि जित्न सफल भएकी थिइन्।
“मिस ब्युनर्स आयर्स २०२४ को उपाधि जित्न पाउँदा म धेरै उत्साहित छु र सम्मानित महसुस गरेकी छु। म सबै महिलाहरूलाई देखाउन चाहन्छु कि सौन्दर्यको कुनै उमेर हुँदैन र हामी त्यस्ता अवरोधहरू तोड्न सक्छौँ,” उक्त उपाधि जितेपछि उनले भनेकी थिइन्, “मैले शारीरिक तालिम लिएँ, आत्मविश्वासमा काम गरेँ र स्टेजमा मेरो सीप सुधार गरेँ। म महिला सशक्तीकरणको कुनै सीमा हुँदैन भनेर देखाउन चाहन्थेँ।”
यद्यपि यो उमेरमा पनि उनको युवा रूपलाई लिएर अनलाइनमा बहस हुन थालेको छ। कसैले उनी ४० वर्षकी भएकी बताएका छन् भने कसैले मिस युनिर्भको लागि राम्रो मौका भएको भन्दै प्रशंसा गरिरहेका छन्।
यो उमेरमा पनि कसरी राम्रो देखिने भन्नेबारे उनले आफू हप्तामा तीन पटक कसरत गर्ने र उपवास बस्ने गरेको बताउँछिन्। सकेसम्म स्वस्थ खाना खाने गरेको र राम्रो छाला क्रिमहरू प्रयोग गर्ने गरेको उनको भनाइ छ। साथै आफ्नो आत्मविश्वास देखेर निर्णायक टोलीले आफूलाई छनोट गरेको हुनसक्ने उनले बताइन्।
“जजहरुले मेरो पुस्ताका महिलाहरूको प्रतिनिधित्व गर्ने मेरो आत्मविश्वास र मेरो जोश देखे। म मिस युनिभर्स अर्जेन्टिना २०२४ को ताजका लागि लड्न कटिबद्ध छु,” ६० वर्षीया रोड्रिग्वेजले भनिन्, “सुन्दरताको कुनै म्याद समाप्त हुने मिति हुँदैन, सुन्दर हुनको लागि तपाईंले आफैंमा विश्वास र प्रामाणिक हुनु आवश्यक छ।”
रोड्रिग्वेज एकल महिला पनि हुन्। उनले ठट्टा गर्दै भनिन्, “एकल भएकै कारण भर्खरैको प्रतियोगितामा सफलता पाउन योगदान गरेको हुन सक्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
