निट फेस्टिभलको तेस्रो दिन यी नाटक मञ्चन गरिँदै

थापागाँउस्थित मण्डला थिएटरमा मंसिर ९ गतेबाट शुरू भएको निट फेस्टिभल मंसिर १७ गतेसम्म चल्ने छ।

काठमाडौँ–  नेपाल अन्तर्राष्ट्रिय महोत्सव (निट फेस्टिभल) को तेस्रो दिन आइतबार तीनवटा नाटक मञ्चन गरिँदै छ। महोत्सवमा नेपालसहित  भारत, उरुग्वे, अर्जेटिना, अमेरिका, इटाली, फ्रान्सलगायतका ८ देशले सहभागिता जनाएका छन्। 

संयुक्त राज्य अमेरिका र भुटानको सहकार्यमा दिउँसो १२ बजे ‘थ्री कन्ट्रीज, वान मदर’, रूसको ‘द म्याजिक स्वान गिज्’ २ र ६ बजे गरी दुई पटक मञ्चन हुँदै छ भने साँझ साढे ७ बजे नेपालका रसिक राजको ‘अवशेष’ पर्फमेन्स आर्ट मञ्चन गरिने छ।

महोत्सवमा शनिबार भारतबाट डेस्डेमोना रूपकम र इटाली– स्पेनको संयुक्त सहकार्यमा 'मिस्टर एन्ड मिस क्राफ्ट' मञ्चन भएको थियो। सुप्रसिद्ध भारतीय अभिनेत्री तथा रंगकर्मी सबाना आज्मीले साँझ साँढे ७ बजेबाट दुई घण्टा लामो मास्टरक्लास दिएकी थिइन्।

थापागाँउस्थित मण्डला थिएटरमा सञ्चालन भइरहेको छ। गत मंसिर ९ गतेबाट शुरू भएको महोत्सव मंसिर १७ गतेसम्म चल्ने छ।