प्रहरीले उपनिर्वाचनका लागि इलाम र बझाङमा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको छ।
काठमाडौँ– आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन कार्य तयारी पूरा भएको जानकारी दिइएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
“निर्वाचनको क्रममा देखिन सक्ने सुरक्षा चुनौतीलाई सूक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा प्रहरी जुटेको छ,” उनले भने। प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको उनको भनाइ छ।
प्रवक्ता ढकालले उपनिर्वाचनलाई सुरक्षा प्रदान गर्नका लागि आवश्यक बन्दोवस्तीका सामग्रीका साथ प्रहरी मतदान केन्द्र र मतदानस्थलमा खटिइसकेको जानकारी दिए। निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको उनको भनाइ छ।
प्रहरीले उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको छ। निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार २६३ प्रहरी परिचालन गरेको छ।
प्रहरीले इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा लिएको छ। प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ।
बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी जनशक्ति परिचालन गरेको छ। सो क्षेत्रमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा रहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
