सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो। विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेयकमा मात्रै सैद्धान्तिक छलफल भयो।
मनहरी– बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६ वटा मात्रै बैठक बसेका छन्।
प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९ गतेसम्म चलेको हिउँदे अधिवेशनमा पाँच दिनमा पाँच घण्टा ११ मिनेट मात्रै बैठक चलेका थिए।
सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो। विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेयकमा मात्रै सैद्धान्तिक छलफल भयो।
अधिवेशनभर हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएर उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ। हिउँदे अधिवेशनको पहिलो बैठकले प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।
विसं २०८० फागुन १७ मा बसेको दोस्रो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन र सोही दिन बसेको तेस्रो बैठकमा हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेश गरी सैद्धान्तिक छलफल भएको थियो।
त्यस्तै, २९ फागुनमा बसेको चौथो बैठकमा विशेष समितिको प्रतिवेदन पेस भएको थियो भने ३० फागुनमा भएको पाँचौँ बैठकले सो प्रतिवेदन पारित गरेको थियो। त्यसैगरी चैत १९ मा भएको हिउँदे अधिवेशनको अन्तिम तथा छैटौँ बैठकबाट मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको मत लिएका थिए।
त्यसयता बैठक नै नबसी बुधबारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही बमोजिम प्रदेश प्रमुख शर्माले बुधबार साझ बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्यको निर्णय गरेका हुन्।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकाले अधिवेशन अन्त्य गरिएको र अगामी जेठबाट प्रि–बजेट छलफल शुरू गर्ने गरी बजेट अधिवेशन आह्वान गर्ने प्रदेश सरकारको तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
