सीजी फुडद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरको भेटिएको भन्दै काठमाडौँ महानगरको कृषि तथा पशुपक्षी विभागले दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको हो।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपअन्तर्गतको सीजी फुडलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ। सीजी फुडद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरको भेटिएको भन्दै काठमाडौँ महानगरको कृषि तथा पशुपक्षी विभागले जरिबाना तिराउने निर्णय गरेको हो।
महानगरले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै विभागले सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम कम्पनीलाई जरिबाना गरेको हो। विभागले वैशाख १२ गते जरिबाना तोकेको हो भने कम्पनीले त्यसको ७ दिनभित्र जरिबानाबापतको शुल्क बुझाउनु पर्नेछ।
महानगरका अनुसार प्राविधिकसहितको अनुगमन टोलीले वडा नं. ६, सरस्वती नगरको एक किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेको थियो। २०८० चैतमा उत्पादित ६० ग्राम तौल भएको र अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ब्याच नं. एएल/वाईएल२३ को चाउचाउ जफत गरी नमूना लिएर परीक्षणका लागि प्रयोगशालामा पठाइयो। यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो। ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको महानगरले जनाएको छ।
प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाबारे खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले न्यून गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राई गरिएको हुन सक्ने तथा कच्चा पदार्थ नै न्यून गुणस्तरको हुनसक्ने प्रतिवेदनमा बुझाएका थिए। प्रतिवेदनले गुणस्तरको विवरण उल्लेख गर्दै भनिएको छ, “खैरो रङको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए।”
नमूनाको रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजी कोओएच/जी आयल देखिएको छ। यसको भ्यालु १ एमजी कोओएच/जी आयलभन्दा बढी हुनु हुँदैन। खाद्य प्राविधिक बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो। यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग लाग्न सक्ने उनी बताउँछन्।
चाउचाउको बिक्रीसँग सम्बन्धित एसके इन्टरप्राइजेजले महानगरलाई पत्र लेख्दै यस ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब यो चाउचाउ बिक्री नगर्ने प्रतिबद्धता जनाएको छ। गुणस्तर नभएको खाद्य वस्तुको जिम्मेवार उत्पादक कम्पनी सीजी फुड नेपाल नै हुने पनि पत्रमा उल्लेख रहेको महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
