अद्यावधिक विवरणअनुसार देशभरका मतगणनास्थलमा समानुपातिकतर्फका ८७ लाखभन्दा बढी मत गनिएका छन्। समानुपातिकमा एमाले पहिलो तथा कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ।
निर्वाचन आयोगले आइतबार अपराह्न ३ बजेसम्म कूल ८७ लाख एक हजार नौ सय ९९ मत गणना सम्पन्न गरेको छ। मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ।
पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा (एमाले)ले २३ लाख ९१ हजार सात सय ७८ मत प्राप्त गरेको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ८३ हजार छ सय ९० मत प्राप्त गरेको छ। तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ९९ हजार ८ सय ९० मत प्राप्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ५८ हजार सात सय ३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख नौ हजार चार सय ४२ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टीले ३ लाख ती सय ३, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ३५ हजार तीन सय ५९ मत प्राप्त गरेका छन्।
आयोगका अनुसार जनमत पार्टीले दुई लाख ३५ हजार आठ सय १, नागरिक उन्मुक्ति पार्टीले २ लाख १ हजार पाँच सय ८, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २२ हजार छ सय २६, नेपाल मजदुर किसान पार्टीले ७० हजार ५ सय ५९, हाम्रो नेपाली पार्टीले ४९ हजार ९०, राष्ट्रिय जनमोर्चाले ४३ हजार तीन सय ९७ र मंगोल नेशनल अर्गनाइजेशनले ४३ हजार आठ सय ९७ मत प्राप्त गरेका छन्।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार चार सय ९७ मत प्राप्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
