बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै विश्वका विभिन्न १८ देशले गाजामा युद्धविरामका लागि दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न हमाससँग आग्रह गरेका छन्।
गाजामा युद्धविरामका लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिकालगायत १८ देशले आग्रह गरेका छन्।
बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै विश्वका विभिन्न १८ देशले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन्।
हमासले बन्धकलाई रिहा गरे गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने उनीहरूको भनाइ छ। अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, कोलम्बिया, डेनमार्क, फ्रान्स, जर्मनी, हंगेरी, पोल्यान्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्पेन र थाइल्यान्डका नेताले एकसाथ विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र नागरिक जनसंख्याको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय हो। इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकलाई मुक्त गर्नसके गाजाभर थप मानवीय सहायता उपलब्ध गराउन र शत्रुताको विश्वसनीय अन्त्य हुनेछ।”
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमा क्षेत्रबाट हमासको आक्रमणको बदला लिन गाजामा हमासविरुद्ध आक्रमण शुरू गरेको थियो।
हमासको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने उनीहरूले दक्षिणी इजरायलबाट २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए।
इजरायलको जवाफी आक्रमणका कारण गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु हुनुका साथै ७७ हजारभन्दा बढी घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
