रिपोर्टले गाजा र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रिँदै गएको उल्लेख गरेको छ। गाजामा मात्रै गम्भीर भोकमरीको सामना गरिरहेका पाँच लाख ७७ हजार मानिस रहेको बताइएको छ।
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसंघले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो ।
रिपोर्टले गाजा र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रिँदै गएको उल्लेख गरेको छ। राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका प्रमुख म्याक्सिमो टोरेरोले अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापन तय गरेकोमा पाँच देशका सात लाख पाँच हजार मानिस पाँचौँ चरणमा रहेको र यो उच्चतम स्तर मानिएको बताएका छन्।
सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गर्न शुरू भएयता भोकमरीबाट पीडित व्यक्तिको यो सबैभन्दा बढी संख्या भएको प्रमुख टोरेरोले बताए।
दक्षिण सुडान, बुर्किना फासो, सोमालिया र मालीमा हजारौँ मानिस भोकमरीबाट पीडित रहेको उनको भनाइ छ। यस्तै, प्रतिवेदनमा भविष्यको परिदृश्यले गाजामा ११ लाख र दक्षिण सुडानमा ७९ हजार मानिस जुलाइसम्म पाँचौँ चरणमा पुग्न सक्ने अनुमान गरेको छ।
यससँगै भोकमरीको सामना गर्न बाध्य हुने चरण पनि शुरू हुनसक्छ। साथै, सन् २०१६ मा रेकर्ड गरिएको संख्याको तुलनामा यो चार गुणा बढेको छ। टोरेरोले गाजामा मात्रै गम्भीर भोकमरीको सामना गरिरहेका ८० प्रतिशत अर्थात् पाँच लाख ७७ हजार मानिस रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
