साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिचसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३२.४३ अंकले नेप्से बढ्यो भने २ अर्ब २ करोडको सेयर किनबेच भयो।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१६ अंक बढेको छ।
आइतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँबराबरको किनबेच भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको सेयर कारोबार भएकोमा आइतबार २ अर्बमाथि भएको हो।
नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ। वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ।
आइतबार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको सेयरमूल्य ८.२१ प्रतिशत बढेको छ। त्यस्तै, जीवन विकास लघुवित्तको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार हिमालयन डिष्टिलरी कम्पनीको ४५ करोड ४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
