अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुशी, इज्जत, भोक, निद्रा, भावना, मुस्कानजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ।
काठमाडौँ– रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित भएको छ। समीरको ‘मृत्युको आयु’, ‘कोरोनातन्त्र’जस्तै पैसाको उडान पनि लघुकथा शैलीमा लेखिएको उपन्यास हो।
अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कानजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित यो उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ। सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई उपन्यासका हरेक कथामा सँगसँगै बुनिएको छ।
पैसाको उडान उपन्यासमा पैसाको महत्त्व मात्र हैन सीमितताबारे मार्मिक ढंगबाट लेखिएको छ।
पैसाको लागि काकाकुल बनेको यो वैश्य युगमा पैसा आवश्यकता मात्र नभएर मृगतृष्णा भएको विषय उठाइएको छ। मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको यो उपन्यासमा मुख्यता ५६ वटा च्याप्टर रहेका छन्।
शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३२५ रहेको छ। समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मलमपट्टी, एकलव्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्रलगायत १४ वटा कृति प्रकाशित छन्।
समीरले युवाबर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्मश्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभुषण पदकलगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
