सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा हुन सकेको छैन।
ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो। तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन।
यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। २०६८ सालमा रुपन्देहीको सालझण्डीदेखि शुरू भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो। रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार काम हुन सकेको छैन।
संघीय सरकारले सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ। २०७८ कात्तिक ५ गते निर्माण कम्पनीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि वडा नं ९ को फल्लेघरसम्म को २२ किलोमिटर सडक ग्राभेल गर्ने गरी जिम्मा लिएको थियो।
सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलका लागि स्वच्छन्द/ओमबुद्ध जेभी काठमाडौँले २३ करोड रुपैयाँमा जिम्मा पाएको थियो। ३० महिनामा सक्ने गरी सम्झौता भए पनि हालसम्म आधा पनि काम हुन सकेको छैन।
हालसम्म २६ प्रतिशत वित्तीय र ३० प्रतिशत भौतिक प्रगति भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी दीक्षा बस्यालले जानकारी दिए। निर्माण कम्पनीको ३० महिने काम गर्ने अवधि सकिएको भन्दै म्याद थपका लागि निवेदन आएको उनको भनाइ छ।
निर्माण कम्पनीले चासो दिएर काम नगर्दा समयमै काम नसकिएको उनको भनाइ छ। कार्यालयले बारम्बार समयमै काम सक्नका लागि ताकेता गरे पनि अटेरी गरेको छ।
“निर्माण कम्पनीले काम गरिसक्नुपर्ने हो। यतिका समयसम्म प्रगति हेर्नुहुन्छ भने निकै कम छ। कार्यालयबाट धेरै पटक समयमै काम सक्नका लागि पत्राचार गर्यौँ,” उनले भने, “तर अहिले म्याद नै सकियो। काम सकिएन। म्याद थप भने भएको छैन। धमाधम काम गरेको भए पहिले नै सकिन्थ्यो। ग्राभेल गर्ने मात्रै काम थियो, निर्माण कम्पनीले ढिला सुस्ती गर्यो।”
सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ। निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय बढी मर्कामा छन्। दैनिक सयौँ यात्रु तथा पर्यटक जोखिमपूर्ण यात्रा गरेर ढोरपाटन पुग्ने गर्छन्। हिउँदको समयमा जसोतसो यातायातका साधन चले पनि बर्खा लाग्यो भने ठप्प हुने गर्छन्।
हिउँदको समयमा पनि ठूलो वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैनन्। सडक सहज नहुँदा स्थानीयलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समेत समस्या भएको ढोरपाटन–९ का प्रेमबहादुर घर्ती मगरले बताए। ढोरपाटनदेखि बुर्तिबाङ बजार दूरीका हिसाबले छोटो भए पनि अप्ठ्यारो सडकका कारण दुई घण्टा बढी समय लाग्ने उनको भनाइ छ।
“सबैले ढोरपाटन ढोरपाटन मात्रै भन्छन्। तर यहाँ पुग्ने सडक गतिलो बनाउन सकेनन्। हामी हिउँदमा धुलो खाने, बर्खामा हिलो खाने मात्रै भइयो, यात्रा गर्दा महँगो भाडा तिर्नुपर्छ,” घर्तीले भने, “काम नगर्ने ठेकेदारलाई कारबाही गर्न कसले रोकेको रैछ। बुझिनसक्नु छ।”
१९० किलोमिटर दूरीको सालझण्डी–ढोरपाटन सडक बागलुङमा मात्रै ५० किलोमिटर पर्छ। यो सडकसँग बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरी तीन पालिका जोडिएका छन्। ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले निर्माण कम्पनीको ढिलासुस्तीका कारण यहाँका हजारौँ नागरिक र सयौँ पर्यटकले समस्या भोग्नुपरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
