सडक निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौँ– सडक निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा गैरकानूनी रूपमा लाभ लिई राज्यलाई हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो। आयोगले खातुन र सिंहसहित इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सब-इन्जिनियर सञ्जयकुमार मण्डललाई पनि विपक्षी बनाएको छ।
एकडारा–१ अन्तर्गतका स-साना सडक ढलान गर्नका लागि विनियोजन रकमबाट गुणस्तरहीन काम गरी रकम हिनामिना गरेको उजुरीमा अनुसन्धान हुँदा उनीहरूले कसुर गरेको पुष्टि भएको आयोगको दाबी छ। उनीहरूले गुणस्तर नै चेकजाँच नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न प्रतिवेदन तयार गरी आठ लाख ६५ हजार १४५ रुपैयाँ भुक्तानी दिएको आयोगको भनाइ छ।
“उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ख), (ग) र (ङ) बमोजिमको कसुर भएकोले बिगो आठ लाख ३५ हजार १४५ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना गरी बिगोसमेत असुलउपर हुन,” आयोगले आरोप पत्रमा भनेको छ, “गुणस्तर चेकजाँच नै नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी भुक्तानीको लागि गलत नापी किताब, कार्य सम्पन्न प्रतिवेदन तयार गरी सोही आधारमा भुक्तानीसमेत भएको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदाबी लिइएको छ।”
उपाध्यक्ष खातुनले स्थलगत अनुगमन गरी लागत अनुमानबमोजिमको कार्य सम्पन्न प्रतिवेदन दिएको भन्दै आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिबानाको सजाय मागदाबी लिएको छ।
त्यस्तै श्री जानकी कन्स्ट्रक्सनका प्रोप्राइटर राकेशकुमार रायविरुद्ध पनि आठ लाख ६५ हजार १४५ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय तथा बिगोसमेत जफत हुन मागदाबी लिई मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
